मोहन वैध (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकताको महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ।
काठमाडौँको शान्तिबाटिका, त्रिपुरेश्वर लगायतका ठाउँबाट सुरु भएको जुलुस न्यूरोडस्थिति भूगोल पार्कमा गएर सभामा परिणत हुने सो पार्टीले जनाएको छ।।
आजबाट सुरु भएको महाधिवेश मंसिर २३ गतेसम्म सञ्चालन हुने छ।
बन्दसत्रमा अध्यक्ष वैद्यले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस गर्दैछन्। अध्यक्ष वैधको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी छ।
महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी हुने नेता हुकुम सिंहले जानकारी दिए। क्रान्तिकारी कम्युनिस्ट पार्टी माओवादीबाट विभाजित भएर बनेको हो।
39
Shares

प्रतिक्रिया