नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भएको भेटवार्तामा उनले चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए।
नेकपाका केन्द्रीय सल्लाहकार राजेन्द्र सीका अनुसार उक्त भेटबार्तामा विप्लव र उनीसँगै गएका प्रवक्ता खड्गबहादु विश्वकर्मा ‘प्रकाण्ड’ले आसन्न चीन भ्रमणका लागि प्रधानमन्त्री ओलीलाई सफलताको शुभकामना दिएका थिएका थिए।
यसैगरी, उक्त भेटवार्तामा विप्लवले देशको स्थिति जटिल भएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढंगले खोज्नु पर्ने बिषय औल्याएका थिए।
उक्त भेटबार्तामा उनले तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा पनि छलफल गरेको बताइएको छ। तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न पनि उनीहरुले आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुंगोमा पुर्याउने बताएका थिए। उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने आश्वासन समेत दिएका थिए।
Shares

प्रतिक्रिया