राजनीति


चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैन : मुख्यमन्त्री पाण्डे

चिकित्सकहरुमाथि हुने दुर्व्यवहार सैह्य हुँदैन : मुख्यमन्त्री पाण्डे

नेपालखबर
मंसिर ८, २०८१ शनिबार १४:५७, काठमाडौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने चेतावनी दिएका छन्।

द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिकित्सकहरुमाथि दुर्व्यवहारका घटना हुन नदिने आश्वासन समेत दिए।

उनले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे। चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो। 

'चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन्,’ उनले भने, ‘भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरुले मर्नुपर्ने थिएन। यस्ता किसिमका अभद्र व्यवहारहरु जुन भइरहेका छन्। त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन। सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्‍याउनका लागि सक्दो पहल गरिरहेको पनि जिकिर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad