राजनीति


इजरायल, स्पेन र न्युजिल्यान्डका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

इजरायल, स्पेन र न्युजिल्यान्डका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १७:३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि इजरायल, स्पेन र न्युजिल्यान्डका राजदूतहरूले ओहोदाको प्रमाण पत्र पेस गरेका छन्।

नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा इजरायलका आवासीय राजदूत स्मुलिक एरि बास, स्पेनका गैर आवासीय राजदूत जोन एन्टोनियो मार्क पुजोल र न्युजिल्यान्डका गैरआवासीय राजदूत प्याट्रिक जोन राताले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

समारोहमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad