सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा जनसभा गरिरहेको छ। भद्रकालीबाट र्याली निकालेर एमालेले दरबारमार्गमा जनसभा गरेको हो।
र्यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँ : तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिँदैनः प्रगतिशील र अग्रगमन छाडिँदैन’ लगायतका नारा लगाइएका थिए।
एमालेको जागरणसभा दरबारमार्गमा पुगेपछि एमाले राष्ट्रिय जनसांस्कृतिक महासङ्घले गीत गाएर सभालाई स्वागत गरेको थियो।
सभालाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले सम्बोधन गर्दैछन्।














210
Shares

प्रतिक्रिया