राजनीति


नागरिक अनुशासित नहुँदा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भयो : उपसभामुख राना

नागरिक अनुशासित नहुँदा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भयो : उपसभामुख राना

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १८:४३, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले आम नागरिकहरु अनुसाशित नहुँदा नेपालमा वायु प्रदूषणको भयावह स्थिति सिर्जना भएको बताएकी छन्।

बिहीबार ‘विश्व बाल दिवस’को अवसरमा नेपाल कला परिषद्‍मा आयोजित फोटो प्रदशनी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुन्दर र स्वस्थ वातवरण बनाउनुपूर्व सबैले सभ्य र अनुसाशित बन्न जरुरी रहेको बताइन्।

उनले सामुदायिक जंगलहरूमा लाग्ने डढेलो नियन्त्रण गर्न नसक्नु र चुरोट जस्ता वायु प्रदूषण गर्ने वस्तुहरू जथाभावी फाल्दा वातावरण दुर्गन्धित बन्नुका साथै आउँदो पुस्तामा नकारात्मक सन्देश जाने बताइन्।

अहिलेको युग ग्लोवलाइजेसनको युग भएकोले वातावरण स्वस्थ राख्ने दायित्व सबै राष्ट्रको भएको उपसभामुख रानाको भनाइ छ।

उनले भनिन्, ‘नेपालमा अहिले वायु प्रदूषणको कुरा गर्ने हो भने भताभुंग स्थिति छ। वन जंगलभर डढेलो लागेको छ हामी हेरिरहेका छौं। चुरोट खाएर धुवाँसहितको चुरोट जताततै फलिदिन्छौं। हामीसँग अनुशासन छैन। हामीले आउने पुस्तालाई स्वस्थ वातावरण दिनुपर्दछ। सुन्दर वातावारण बनाउनका लागि एक सुन्दर नागरिक बनाउन आवश्यक छ। अहिलेको युग ग्लोवलाइजेसनको युग भएकाले वातावरण स्वस्थ राख्ने दायित्व समेत सबै देशको हो भन्ने मलाई लाग्छ। बालबालिकाहरुलाई समेत स्वस्थ वातावरणका फाइदाहरुबारे जानकारी दिनुपर्दछ।’

उपसभामुख रानाले देशभरका बालबालिकाहरुलाई स्वस्थ वातावरण निर्माणका लागि सबै तहबाट सक्रियता देखाउन जरुरी रहेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad