राजनीति


कीर्तिपुरमा माओवादी उम्मेदवारलाई सत्तारुढ जसपाको सर्मथन

कीर्तिपुरमा माओवादी उम्मेदवारलाई सत्तारुढ जसपाको सर्मथन

नेपालखबर
मंसिर २, २०८१ आइतबार १९:३३, काठमाडौँ

आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र अशोक राई नेतृृत्वको जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको छ। विशेषगरी दुई दलले कीर्तिपुर नगरपालिकाको उपचुनावका लागि तालमेलको सहमति गरेका हुन्। 

आइतबार उम्मेदवारी दर्ता हुनुअघि दुवै पार्टीका नगर समितिबीच त्यस्तो सहमति भएको हो। सहमति अनुसार जसपाले माओवादी केन्द्रबाट मेयर उम्मेदवार बनेका शिवशरण महर्जनलाई सर्मथन गर्नेछ। 

त्यस्तै वडा नं. १ को वडाध्यक्षमा भने माओवादीले जसपा उम्मेदवारलाई सघाउने छ भने वडा नं. ४ मा जसपाले माओवादी उम्मेदवारलाई सघाउनेछ।

जसपाका ७ संघीय सांसद छन्। वर्तमान सत्ता गठबन्धनमा २ मन्त्री लिएर जसपा सरकारमा सहभागी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad