राजनीति


हेटौँडा-१२ को वडाध्यक्षमा राप्रपाका प्रेमबहादुर भ्लोनले दिए उम्मेदवारी

हेटौँडा-१२ को वडाध्यक्षमा राप्रपाका प्रेमबहादुर भ्लोनले दिए उम्मेदवारी

नेपालखबर
मंसिर २, २०८१ आइतबार १२:२७, हेटाैँडा

यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि हेटौँडा- १२ को वडाध्यक्षमा प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दर्ता गराएको छ।

हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका राप्रपाका प्रेमबहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन्।
 
राप्रपाका नेता तिलकबहादुर जर्गा समर्थक तथा हिरामणी चौलागाई प्रस्तावकमा बसेर वडाध्यक्ष पदमा भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन्। 

हेटौँडा उपमहानगरपालिका–१२ राप्रपाको बलियो पकड मानिने वडा हो। 

यसअघि २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि भ्लोन यस वडाको वडाध्यक्ष उम्मेदवार बनेका थिए। 

यस वडामा ८ हजार ५३ मतदाता छन्। जसमा महिला ४ हजार १७४, पुरुष ३ हजार ८७८ र अन्य १ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad