बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को तर्फबाट काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेता दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन्।
०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा विजयी भएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो।
यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसले कृष्णमान डंगोल, एमालेले डा. सुरेन्द्र महर्जन, माओवादी केन्द्रले प्राध्यापक डाक्टर शिवशरण महर्जन र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
एकीकृत समाजवादी र नेसपाको महीन्द्र राय यादव नेतृत्वको नेसपाले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन्।
Shares

प्रतिक्रिया