आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले कृष्णमान डंगोलाई उम्मेदवार बनाउने भएको छ।
शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो।
प्रदेश समितिले डंगोलाई नै उम्मेदवार बनाउने निर्णय लियो। उनी नेपाली कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन्।
२०७९ को चुनावमा नेपाली कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए। उनको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो।
कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो। अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरुले नै जित्ने कांग्रेसको दाबी छ।
Shares

प्रतिक्रिया