राजनीति


परापूर्वकालदेखि राम्रो सम्बन्ध छ, चीन र भारत दुवैतर्फ प्रधानमन्त्रीको भ्रमण हुन्छ : राणा

परापूर्वकालदेखि राम्रो सम्बन्ध छ, चीन र भारत दुवैतर्फ प्रधानमन्त्रीको भ्रमण हुन्छ : राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै


नेपालखबर
कात्तिक ३०, २०८१ शुक्रबार १९:५१, काठमाडौँ

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुवै छिमेकीसँग परापूर्वकालदेखि नेपालको राम्रो सम्बन्ध भएकाले प्रधानमन्त्रीको भ्रमण चीन र भारत दुवैतर्फ हुने बताएकी छन्।

चीन भ्रमणको तयारी प्रारम्भिक चरणमै रहेको र छलफलका एजेन्डामा काम भइरहेको उनको भनाइ थियो।

‘चीनले छलफलका एजेन्डा पठाउँदै छ,’ परराष्ट्रमन्त्री डा राणाले आफ्नो गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा भनिन्, ‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर (कात्तिक) २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ। केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ।’ 

परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘हिजो प्रधानमन्त्रीले पनि भन्नुभयो, दुवै महान् छिमेकी मित्रराष्ट्रहरू हुन्। दुवै मित्रराष्ट्रहरूसँग हाम्रो एकदमै राम्रो सम्बन्ध छ। अहिले मात्र होइन, परापूर्वकालदेखि। यो मेन्टेन गरेर अगाडि बढ्छौँ।’

पत्रकारहरूको जिज्ञासामा उनले चीन भ्रमणपछि भारतको भ्रमण हुने बताइन्। 

राणाका श्रीमान् एवं कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिनदेखि डडेलधुरामै छन्। राणा पनि धनगढी हुँदै आज डडेलधुरा गएकी छन्। उनले उग्रतारा मेलामा सहभागी हुन जान लागेको धनगढीमा बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad