राजनीति


दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपा केन्द्रीय समितिको निर्णय

नेपालखबर
कात्तिक २४, २०८१ शनिबार १८:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ। 

शनिबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रीत रहेर आम नागरिक र राष्ट्रिय शक्तिहरूको सहकार्यमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। 

‘मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासन विरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन,’ केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै बुर्लाकोटीले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad