राजनीति


यी हुन् १४ लडाकुु, जसले किशोरीको अपहरण गरे

यी हुन् १४ लडाकुु, जसले किशोरीको अपहरण गरे

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १५:१३,

सिन्धुुलीकी किशोरीलाई धनुुषाबाट अपहरण गर्ने विप्लवका १४ जना लडाकुको पहिचान खुलेको छ। पक्राउ परेका १४ मध्ये १२ जना २० वर्ष मुनिका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने लडाकुुमा ईलामको फाकफोकका २० वर्षीय मुस्कान राई, सुनसरीको ईटहरीका २८ वर्षीय विवेक खड्का, सर्लाहीको लालबन्दीका १६ वर्षीया रिता कार्की, ताप्लेजुङको खोक्सिङका २० वर्षीय बिकास राई, ईलामको बतासेका १७ वर्षीय आयुस मगर रहेका छन्।

यस्तै, उदयपुर ताप्ली गाउँपालिकाका १८ वर्षीय अबिनास तामाङ, उदयपुरकै गाईघाटका २० वर्षीय आशिस लामा, ताप्लेजुङकी १६ वर्षीया रञ्जना राई, धनकुटा पाख्रिबास नगरपालिकाका १९ वर्षीया अनिता राई, कैलालीकी १९ वर्षीया अनुस्का राउत, मोरङको आईतबारेकी १७ वर्षीया सपना राई, भोजपुरका ४५ वर्षीय मणिराज राई, मोरङका १५ वर्षीय आशिस श्रेष्ठ र सिन्धुली ज्यामिरेका १२ वर्षीय ईश्वर पुलामी मगर रहेका छन्।

उनीहरुले बुुधबार दिउँसो धनुुषाको गणेशमानचारनाथ नगरपालिका ५ गौरीखोलाबाट एक किशोरीलाई अपहरण गरेका थिए। लडाकुको अपहरणमा परेकी किशोरीलाई बिहीबार दिउँसो उदयपुुरको कटारी नगरपालिका १ खसिबास जंगलबाट प्रहरीले सकुसल उद्धार गरेको छ। पक्राउ परेका लडाकुुको साथबाट ११ थान सकेट बम, एक थान प्रेसरकुकर बम, तीनथान चाइचिज पेस्तोल, यसको म्याग्जिन ३ थान, एउटा खुुकुरी र डेटोनेटर तार ३ मिटर बरामद गरेको छ। पक्राउ परेका सबैलाई धनुुषा पठाउने तयारी भइरहेको उदयपुर प्रहरीले जनाएको छ।

किशोरीलाई विप्लव समूहको लडाकु बनाउन अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए। उनीहरुले घरमा कोही नभएको समयमा किशोरीलाई अपहरण गरेका थिए। किशोरी आफूसँग रहेको भन्दै उनका दाइलाई फोन गरेपछि प्रहरीले साँझ ५ बजे जानकारी पाएको थियो। त्यस लगतै उदयपुर र सिराहबाट प्रहरी परिचालन गरिएको थियो। अपहरणमा परेको २४ घण्टाभित्रै प्रहरीले सकुशल उद्धार गरेको हो।

बुबा किरियामा बसेका बेला गोठबाट विप्लवका लडाकुले गरे छोरीको अपहरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad