काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताएकी छन्।
नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उनले सो आवश्यकता औंल्याएकी हुन्।
उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भएपनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तिब्रता दिनुपर्ने स्पष्ट पारिन्।
उनले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताइन्।
उपमेयर डंगोलले भनिन्, ‘व्यवहारिक पक्षमा हामीले मनाउँदै आईरहेको र लागू गर्दै आईरहेको नेपाल संवत, यसलाई भने हामीले अव बलियो बनाउने हो भने प्रशासनिक रुपमा यसको प्रयोगलाई कसरी अझ तिब्र गतिमा पुर्याउने हो, त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। राष्ट्रिय संवत राष्ट्रका हरेक व्यक्तिले बुझने संवत बनाउनु अहिलेको आवश्यकता पनि रहेको छ।’
त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताइन्।
Shares

प्रतिक्रिया