राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार कीर्तिपुरमै आयोजित पार्टीको कार्यक्रममा महर्जनलाई उम्मेदवार घोषणा गरेका हुन्।
महर्जन पेसाले इन्जिनियर हुन्।
सोही कार्यक्रममा उनले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र वडा नम्बर ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने घोषणा पनि गरे।
कीर्तिपुरमा नगर प्रमुख (मेयर) र २ वडाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचिन हुँदै छ।
राप्रपाले मंगलबार कीर्तिपुरमा पार्टी प्रवेश तथा चियापान कार्यक्रम राखेको थियो।
537
Shares

प्रतिक्रिया