राजनीति


‘वर्षेनी पाँच लाख मानिस श्रम बजारमा आउँछन्, एक लाखले मात्रै रोजगार पाउँछन्’

‘वर्षेनी पाँच लाख मानिस श्रम बजारमा आउँछन्, एक लाखले मात्रै रोजगार पाउँछन्’

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १७:११, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताएका छन्।

सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए।

बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताए। उनले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए।

उनले भने, ‘अहिले विभिन्न भाष्य निर्माण भएको छ। कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वेच्छिक भन्छौँ। कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन्। ४ लाख मानिस बेरोजगार छन्। तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ।’

अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए।

उनले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए। सरकारलाई असफल हुने छुट नरहेको बताए।

श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad