राजनीति


माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै, प्रचण्डको नेतृत्वमा जुलुस निकालिँदै

माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै, प्रचण्डको नेतृत्वमा जुलुस निकालिँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १०, २०८१ शनिबार १०:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज (शनिबार) काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्दैछ।

माओवादी केन्द्रका अनुसार सरकारका गलत कदमको विरोध गर्न र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन आज भृकुटीमण्डपमा सभा गर्न लागिएको हो। 

अहिले बिहान १०:३० बजे चार ठाउँबाट जुलुस सुरु गरी भृकुटीमण्डमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ। 

जुलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता सहभागी हुने जनाइएको छ। कार्यक्रममा ३० हजारभन्दा बढी जनाको सहभागिता हुने दाबी माओवादी केन्द्रले गरेको छ। 

विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्न लागिएको माओवादी केन्द्रको भनाइ छ। 

यसैगरी सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत सार्वजनिक संस्थाहरु, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न र बढ्दो बजारभाउ र कालाबजारी नियन्त्रणका लागि पहल गर्न पनि यो सभा गर्न लागिएको बताइएको छ। 

यस्तै सहकारीपीडित, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधानका लागि आवाज बुलन्द गर्न, मुलुकलाई दुई दलीय तानाशाही प्रणालीमा लैजाने उद्देश्यसहित राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रको पर्दाफास गर्न, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन गर्न तथा सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिविरुद्ध खबरदारी सुरु गर्न थालिएको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad