राजनीति


जलन प्रभावितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

जलन प्रभावितको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार २२:६, काठमाडौँ

सरकारले जलन प्रभावितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए। 

स्वास्थ्यले यअसघि नै अर्थ मन्त्रालयबाट यसबारे स्वीकृति लिइसकेको छ।

मन्त्रालयले विद्यमान स्रोतबाटै व्यवस्थापन गर्ने गरी जलनको उपचार निःशुल्क बनाउने गृहकार्य गरेको थियो। 

मन्त्रालयका अनुसार अब कोसी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान तथा मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा जलनको उपचार थालिनेछ। गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनीको नेपालगन्जस्थित भेरी अस्पतालमा जलनको निःशुल्क उपचार गरिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहणलगत्तै जलनसम्बन्धी उपचार निःशुल्क र सहज बनाउने प्रतिबद्धता सार्वजनिक गरेका थिए। 

जलनको उपचार महंगो भएका कारण विपन्न कयौं प्रभावितले समयमै उपचार नपाउँदा समस्या भोगिरहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad