राजनीति


रास्वपा कार्यालयमा समर्थकको भिड, बाक्लो संख्यामा प्रहरी परिचालन (भिडिओ)

रास्वपा कार्यालयमा समर्थकको भिड, बाक्लो संख्यामा प्रहरी परिचालन (भिडिओ)

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १७:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा समर्थकहरूको बाक्लो भिड उपस्थित भएको छ। शुक्रबार सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी हुनसक्ने आशंकाकाबीच समर्थकहरू पार्टी कार्यालयमा भेला भएका हुन्। 

सााथै, प्रहरी अधिकारीहरू पनि बाक्लो संख्यामा उपस्थित भएका छन्। 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गरेर कारबाही अघि बढाउने तयारीका समाचारहरू बाहिरिएपछि रास्वपा कार्यालयमा भिड जम्मा भएको हो। 

उता, कास्की जिल्ला अदालतमा प्रहरी पुगेर पक्राउ पुर्जीबारे छलफल चलिरहेको बताइएको छ। यद्यपि, अहिलेसम्म कुनै औपचारिक जानकारी भने गराइएको छैन।

रविबारे बिहीबार शीर्ष नेताहरूको बैठकमा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। 

जवाफमा ओलीले कानुन अनुसार नै सबै हुने बताएका थिए। 

लगत्तै, शुक्रबार बसेको विपक्षी दलको बैठकमा पनि यसबारे कुरा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad