सरकारले दल फुटाउने अध्यादेश ल्याउन लागेको आशंका गर्दै प्रतिपक्षी दलहरूले विशेष अधिवेशन माग गर्ने तयारी गरेका छन्।
शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा साना दलहरू फुटाउनेगरी सरकारले अध्यादेश ल्याउन लागेकोबारे छलफल भएको थियो।
बैठकमा सहभागी रास्वपा सांसद विराजभक्त श्रेष्ठका अनुसार, यदी सरकारले अध्यादेश ल्याउन खोजे आफूहरू विशेष अधिवेशनको माग गर्ने बताए।
‘विशेष अधिवेशनको हामी माग गर्छौँ। उहाँ (केपी शर्मा ओली) ले पहिला पनि दुई तिहाइको सरकार हुँदैगर्दा पनि अध्यादेशमा काम गरेको मान्छे हो,’ श्रेष्ठले भने, ‘यो पालि पनि हामीलाई गम्भीर आशंका भएको हुँदा, सत्तापक्षमै रहेको साना दल होस् वा नयाँ मान्छे आएको भन्ने हुनाले हामीलाई आशंका छ।’
यसबारे आगामी कात्तिक ५ गते राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने पनि नेताहरूले बताएका छन्।
साना दल फुटाएर एमालेलाई पहिलो ठूलो बनाउने ओलीको कसरतमा देउवाको ‘ब्रेक’
सरकारमा भएका लोसपा र नाउपाका नेता पनि प्रतिपक्षी दलको बैठकमा
Shares

प्रतिक्रिया