राजनीति


सशस्त्र द्वन्द्वमा घाइते सुरक्षाकर्मीले पनि पीडित सरह परिपूरण पाउने

सशस्त्र द्वन्द्वमा घाइते सुरक्षाकर्मीले पनि पीडित सरह परिपूरण पाउने

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १५:५७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संघीय संसदको आगामी अधिवेशनबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई समसामुहिक रुपले संशोधन गर्ने प्रतिवद्धता जनाएका छन्।

बुधवार प्रहरी प्रधान कार्यालयमा ६९ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कानूनलाई समसामुहिक रुपले संशोधन गर्ने, नयाँ कानून निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले दुवै सुरक्षा फौजका निमित्त नयाँ कानून निर्माण गरेर एउटा समसामुहिक कानून अगाडि बढाइने बताए।

नेपाल प्रहरीको संगठन सुदृढ गर्न विद्यमान कानूनी व्यवस्थालाई प्रतिष्थापन गरी नयाँ कानून मस्यौदा गरिने उल्लेख गरे। उनले संक्रमणकालीन न्यायका विषयलाई पनि सम्बोधन गर्नका निमित्त आयोगहरु गठन गर्नेगरी कानून निर्माण गर्ने कार्य भइसकेको बताए।

उनले उक्त कानूनमा सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वमा ज्यान गुमाएका शहादत प्राप्त गरेका नेपाल प्रहरी लगायत सुरक्षा निकायका व्यक्तिका परिवारलाई पनि पीडितका रुपमा परिभाषित गर्दै पीडितकै सरह परिपूरण प्राप्त गर्ने हकलाई हामीले कानूनमा सुनिश्चित गरिएको बताए।

द्वन्द्वको क्रममा नेपाल प्रहरी र अन्य सुरक्षा निकायका (घाइते, अपाङ्गता) भएका व्यक्तिहरुलाई पनि पीडित सरह नै परिभाषित गरी परिपूरण प्राप्त गर्ने हक कानूनमा स्थापित गरिएको बताए।

उनले भने, ‘संक्रमणकालीन न्यायका विषयलाई पनि सम्बोधन गर्नेका निमित्त आयोगहरु गठन गर्नेगरी कानून निर्माण गर्ने कार्य भइसकेको छ। उक्त कानूनमा हामीले सशस्त्र द्वन्द्वको क्रममा द्वन्द्वमा ज्यान गुमाउनुभएका शहादत प्राप्त गर्नुभएका नेपाल प्रहरी लगायत सुरक्षा निकायका व्यक्तिका परिवारलाई पनि पीडितका रुपमा परिभाषित गर्दै पीडितकै सरह परिपूरण प्राप्त गर्ने हकलाई हामीले कानूनमा सुनिश्चित गरेका छौँ। त्यसरी नै द्वन्द्वको क्रममा नेपाल प्रहरी र अन्य सुरक्षा निकायका व्यक्तिहरु जो घाइते, अपाङ्ग हुनुभयो, उहाँहरुलाई पनि पीडित सरह नै परिभाषित गरी परिपूरण प्राप्त गर्ने हक पनि यो कानूनमा स्थापित गरेका छौँ।’

गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकको दिगो विकासका लागि सुशासन, सामाजिक न्याय, कानूनको निष्पक्ष कार्यान्वयन र भ्रष्टाचार एवं आर्थिक अनियमितता बिरुद्धको शून्य सहनशीलताको नीतिलाई उच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको बताए।

समृद्ध राष्ट्र निर्माणको महाअभियानमा मन, वचन र कर्मले सहभागी हुन आग्रह गरे। उनले प्रहरीलाई थप व्यवसायिक र सशक्त बनाउनका लागि श्रोत साधनको थप व्यवस्थापन गर्न जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad