राजनीति


प्रधानमन्त्री उद्धार कोषमा सोमबार ४ करोड ७९ लाख सहयोग प्राप्त

प्रधानमन्त्री उद्धार कोषमा सोमबार ४ करोड ७९ लाख सहयोग प्राप्त

नेपालखबर
असोज २१, २०८१ सोमबार २०:२२, काठमाडौँ

प्रधानमन्त्री उद्धार कोषमा आज विभिन्न संस्थाबाट चार करोड ७९ लाख दश हजार तीन सय ९० सहयोग प्राप्त भएको छ।

आज नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट एक करोड, प्रभु बैंकबाट एक करोड, अरुण तेस्रो पावर कम्पनीबाट एक करोड, एभरेष्ट बैंक लिबाट ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा सहयोगस्वरुप जम्मा भएको हो।

त्यस्तै, प्रभु इन्स्योरेन्सबाट २५ लाख, प्रमु महालक्ष्मीबाट २५ लाख, प्रभु क्यापिटलबाट २५ लाख, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीबाट १० लाख, इनर्जी ट्रीबाट आठ लाख एकहजार र नवीन कोइराला नुवाकोट हाल अमेरिकाबाट पाँच लाख नौहजार तीनसय ९० गरी जम्मा चार करोड ७९ लाख १० हजार तीन सय ९० उक्त कोषमा प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad