अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ। यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीका उत्पादनहरूको प्रचार गरी दराजका हजारौं ग्राहकहरु बीच पुर्याउनु रहेको कम्पनीले जनाएको छ।
अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १० प्रतिशत हिस्सा ‘विमेन एक्ट’ नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिइनेछ। उक्त अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म जारी हुनेछ।
दराजसँग एकता देखाउँदै बैंक पार्टनर सनराइज बैंकले अन्तर्राष्ट्रिय महिला दिवसमा १५ प्रतिशत वा रु १ हजार ५ सय सम्मको छूट दिने भएको छ। छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट/डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा ‘प्रिपेमेन्ट’ गर्नुपर्नेछ। यसबाहेक, महिला फेशन, स्वास्थ्य र सौन्दर्य र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन्। साथै ग्राहकहरूले भउचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्छन्।
महिलाहरुमा उद्यमशीलताको विकास गर्न दराजले विशेष प्राथमिकता दिँदै आएको जनाएकाे छ। इकमर्स र विशेष गरी दराजले प्रस्तुत गरेको अनलाइन बजार मोडल महिला उद्यमीहरू तथा इच्छुक महिलाहरूका लागि कुनै पनि व्यवसाय सञ्चालन गर्न उपयुक्त प्लेटफर्म बनेको छ। दराजको सजिलो दर्ता प्रकृया र निःशुल्क तािलमले यी महिला उद्यमीहरुलाई आफ्नै बलमा व्यवसाय सुरु गर्न शक्ति प्रदान गरेको छ।
दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भिडियोमा रेकर्ड पनि गर्दै आएका छ। ति भिडियोमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन्। इच्छुक दर्शकहरूले दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सक्नेछन्।

प्रतिक्रिया