राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक प्रवक्ताको जिम्मेवारी गणेश कार्कीलाई तोकेको छ। पार्टी केन्द्रीय सदस्यसमेत रहेका कार्कीलाई असोज ७ देखि १४ गतेसम्मका लागि कार्यवाहक प्रवक्ता तोकिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
कार्यवाहक प्रवक्ता मनिष झा पार्टीको निर्धारित कार्यक्रमका लागि देशबाहिर जानुपर्ने भएकाले कार्कीलाई जिम्मेवारी दिइएको बुर्लाकोटीले बताएका छन्।
यो अवधिमा पार्टीको आधिकारिक धारणा र समन्वयको लागि कार्कीसँग समन्वय गर्न रास्वपाले आग्रह गरेको छ।
336
Shares

प्रतिक्रिया