ad ad

राजनीति


लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्छ: राष्ट्रपति

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्छ: राष्ट्रपति

फाइल तस्बिर


नेपालखबर
असोज १, २०८१ मंगलबार १२:४२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन्। 

सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदौ राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताए। ‘नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका छ,’ उनले भने। 

सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको चर्चा गर्दै राष्ट्रपति पौडेलले जनतालाई सत्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोग गर्दै लोकतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउन सञ्चारकर्मी सधैँ सचेत रहनुपर्नेमा जोड दिए। 

साक्षर मात्र नभइ सञ्चारका अन्य माध्यममा पहुँच नभएका निरक्षरका लागि सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चारमाध्यम रेडियो भएकाले जनताप्रति रेडियोकर्मीको भूमिका अझ महत्वपूर्ण हुने उनको भनाई थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .