ad ad

राजनीति


अकोराबको नयाँ नेतृत्वलाई शुभकामना दिँदै राष्ट्रपतिले गरे रेडियोको प्रशंसा

अकोराबको नयाँ नेतृत्वलाई शुभकामना दिँदै राष्ट्रपतिले गरे रेडियोको प्रशंसा

नेपालखबर
असोज १, २०८१ मंगलबार ११:८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्। 

‘त्यति मात्र होइन, भूकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु’, उनले भने। 

नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको उनले बताए।

राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तीव्र होडबाजीले तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण हुनसक्ने अहिलेको चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

उनले साक्षर मात्र होइन, सञ्चारका अरू साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम भएकाे बताए।

सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उनले खुसी व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .