ad ad

राजनीति


बेलायतका लागि प्रस्तावित राजदूत घिमिरे–गोरखाहरुको समस्या समाधानका लागि प्रयास गर्छु

बेलायतका लागि प्रस्तावित राजदूत घिमिरे–गोरखाहरुको समस्या समाधानका लागि प्रयास गर्छु

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १८:३४, काठमाडौँ

संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेले आफू राजदूत नियुक्त भएमा बेलायती गोरखाहरुको समस्या समाधानका लागि प्रयास गर्ने बताएका छन्।

बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले सन् १९९७ पूर्वका बेलायती गोर्खा फौजबाट सेवा निवृत्त भएका गोरखाहरुको समस्या समाधान गर्न भूमिका खेल्ने बताए। घिमिरेले भने, ‘सन् १९९७ भन्दा अगाडिका गोर्खाहरुको बारेमा जुन वार्ता अहिले चलिराखेको छ, त्यसलाई सकेसम्म चाँडो उहाँहरुको हित सम्बध हुनेगरी निष्कर्षमा पुर्‍याउनका लागि प्राथमिकता दिन्छु ।’

उनले विकास सहायतालाई थप गराउन आफ्नो प्रयत्न रहने बताए। नेपाललाई आर्थिक सहयोग पाउने मुलुकको सूचीमा राखिराख्न पनि आफूले प्राथमिकताको काममा राखेको सुनाए। 

‘नेपाल सरकारको नीति बमोजिमका क्षेत्रहरुमा र उच्च प्रतिफल प्राप्त हुने क्षेत्रहरुमा ल्याउनका लागि मेरो ठाउँबाट सहजीकरण गर्नेछु,’ उनले भने, ‘आर्थिक सहयोग पाउने मुलुकहरुको सूचीमा पर्नुपर्नेछ। निरन्तरता दिनुपर्नेछ। त्यसमा पनि मैले प्राथमिकता दिनेछु। डिसिटिएसमा भएको समस्या के हो त्यो समस्यालाई सम्बोधन गर्ने मेरो प्राथमिकता छ। त्यहाँ हुने ठूला एक्स्पोहरुमा अर्थपूर्ण सहभागिता गराउने। सम्झौताहरु गर्ने विषयलाई प्राथमिकता दिनेछु। आइटी उद्योगमा बेलायती कम्पनीहरुलाई जोड्ने।’ 


नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति बढाउने र विश्वविद्यालय–विश्वविद्यालयबीचको प्राज्ञिक सम्बन्धलाई विकास गर्ने पनि आफ्नो योजना रहेको घिमिरेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .