ad ad

राजनीति


अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीको योजना–अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने

अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीको योजना–अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १७:२२, काठमाडौँ

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन्। बिहीबार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै रेग्मीले द्वीपक्षीय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक बताए।

उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताए। ‘अमेरिकी राष्ट्रपतिहरुबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ की? अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ। त्यसको लागि ‘ग्राउन्ड वर्क’ गर्नका लागि म आफू उत्सुक छु। संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ।’

भिडिओ

उनले विगतमा भएका प्रतिवद्धताहरु नवीकरणका लागि र द्वीपक्षीय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गरे। रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्‍याउने बताए। ‘अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .