ad ad

राजनीति


नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई

नेपाल प्रहरीका तीन डीआईजीको सरुवा : मधेस प्रदेशको जिम्मा आचार्यलाई

नेपालखबर
भदौ २६, २०८१ बुधबार १८:२२, काठमाडौँ

नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा भएको छ। गृहमन्त्रीले बुधबार मधेश प्रदेशका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलसहित तीन जनालाई सरुवा गरेका हुन्।

पोखरेललाई प्रदेश प्रमुखबाट हटाइएको छ। उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। पछिल्लो समय उनी आर्थिक अपचलनको विवादमा तानिएका थिए।

प्रहरी महानिरिक्षक वसन्त कुँवरले सार्वजनिक कार्यक्रममै एक डीआईजी कारबाहीमा पर्न लागेको बताएका थिए। मधेश प्रदेशका केही घुमुवाहरुलाई यसअघि नै प्रहरी प्रधान कार्यालय तानेर छानविन भइरहेको थियो।

गृहमन्त्रालयले डीआईजीलाई पनि हेडक्वार्टर तानेको हो। उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ।

पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश प्रमुखको जिम्मा दिइएको छ। यस्तै डीआईजी राजेशनाथ बास्तोला पनि सरुवा भएका छन्। बास्तोलालाई भरतपुर तालिम शिक्षालय सरुवा गरिएको छ।

डीआईजी आचार्यलाई यसअघिका गृहमन्त्री रवि लामिछानेले ५ महिनामै प्रदेश प्रमुखबाट हटाएका थिए। उनी यसअघि कर्णाली प्रदेश प्रमुख थिए। तर उनलाई ५ महिनामै सरुवा गरेर प्रदेश प्रमुखको जिम्मा अर्जुन चन्द ठकुरीलाई दिइएको थियो।

रमेश लेखकले उनलाई महत्वपूर्ण मानिने मधेस प्रदेश प्रमुखको जिम्मा दिएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .