ad ad

राजनीति


रास्वपाले भन्यो– उपसभामुखको हस्ताक्षर दुरुपयोग भएकै हो, स्पष्टीकरणको मौका पाउनुपर्छ

रास्वपाले भन्यो– उपसभामुखको हस्ताक्षर दुरुपयोग भएकै हो, स्पष्टीकरणको मौका पाउनुपर्छ

नेपालखबर
भदौ २६, २०८१ बुधबार १२:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरले आफ्नो हस्ताक्षरको दुरुपयोग गरेको स्वीकार गरेको छ। 

बुधबार सिंहदरबारमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कार्यबाहक प्रवक्ता मनीष झाले १८ महिनासम्म यो विषय लुकाएर राखिएको र राजनीतिक दाउपेचका लागि अहिले निकालिएको बताए। 

‘कार्यक्रमको समय धेरै नजिक आइसकेको थियो। म लगायत मेरो टोलीलाई अलि चाँडै अन्तर्वार्ताको समय दिन सक्छौ कि भनेर अनुरोध पत्र हस्ताक्षर भयो, जुन गलत भयो,’ झाले भने, ‘त्यो सही थियो भन्न खोजेको होइन। त्यो दुरुपयोग भएको हो। त्यसलाई १८ महिनासम्म दबाएर, लुकाएर चाहिँ किन राखियो?’

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरेर भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको पत्र बाहिरिएको थियो। 

उक्त विषय राष्ट्रहित विपरित र पदीय गरिमाविपरित भएको भन्दै सत्तारुढ दलहरूले मंगलबार बिहानबाट राजीनामाको विषय उठाएका थिए।

उपसभामुखमाथि छानबिन हुनुपर्ने र स्पष्टीकरण दिन पाउनुपर्ने उनले बताए। 

‘व्यक्तिगत रुपमा इन्दिरा राना मगरमाथि हामीलाई गर्व छ,’ प्रवक्ता झाले भने, ‘हामीले त्यस्तो व्यक्ति त्यो ठाउँमा पुर्याउन सकिएको छ। २ वर्षपनि नपुग्दै उहाँलाई कसरी त्यहाँबाट झार्न सकिन्छ कि भनेर लागिएको छ।’

अहिलेसम्म औपचारिक रुपमा कुनै कदम सत्तारुढ दलहरूले अघि नसारेको भन्दै अहिले नै औपचारिक धारणा दिन आवश्यक नदेखिएको प्रवक्ता झाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .