ad ad

राजनीति


उपसभामुखलाई हटाउने तयारी : देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

उपसभामुखलाई हटाउने तयारी : देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

नेपालखबर
भदौ २५, २०८१ मंगलबार २०:३, काठमाडौँ

नेपाली कांग्रेस पदाधिकारी बैठक बुधबार बस्ने भएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान बस्ने गरी बैठक बोलाएका हुन्।

उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सत्ता गठबन्धनमा तयारी भइरहेका बेला आन्तरिक छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक बूढानीलकण्ठस्थित देउवा निवासमा बस्ने कांग्रेसका एक पदाधिकारीले जानकारी दिए।

सोमबार बसेको सत्ता गठबन्धन बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली नै यो प्रस्ताव राखेका राखेका थिए। 

उपसभामुखलाई पदबाट हटाउन प्रतिनिधि सभाको दुई तिहाइ बहुमत आवश्यक पर्छ।

एमालेले मंगलबार नै उपसभामुख रानालालाई पद छाड्न भनिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .