ad ad

राजनीति


उपसभामुखको पक्षमा उभियो राप्रपा, लिङ्देन भन्छन् : कार्यकर्ता भर्ती गर्न महाअभियोगको तयारी

उपसभामुखको पक्षमा उभियो राप्रपा, लिङ्देन भन्छन् : कार्यकर्ता भर्ती गर्न महाअभियोगको तयारी

फाइल फोटो


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:४०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्‍मा सहज बहुमत पुर्याउन उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध जनाएका छन्।

मंगलबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरु संवैधानिक अंगहरुमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए।

उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरू सच्चिने बाटोमा नगएको बताए।

लिङ्देनले राजनीतिक दलहरू फेरि पनि जति सकिन्छ लुटौँ, खाऔँ भन्ने बाटोमा गइरहेको आरोप लगाए। उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको गुनासो गरे।

‘संवैधानिक अंगहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अफ्ठ्यारो पार्‍यो। बहुमत पुगेन रे। बहुमत नपुगेपछि बहुमत पुर्याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाअिभियोग लगाउनुपर्‍यो’ उनले भने, ‘यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरू सच्चिने बाटोमा छैनन्। फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ। सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन्। देश प्राथमिकतामा छैन उनीहरूको।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने बताए। यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे। देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको उनको भनाई थियो।

उनले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .