राजनीति


सांसद झाको प्रश्न– सरकारका प्रवक्ताले आईजीपीको ‘जिब्रो थुतिदिनुपर्ने’ भन्नु कहाँको वाक स्वतन्त्रता?

सांसद झाको प्रश्न– सरकारका प्रवक्ताले आईजीपीको ‘जिब्रो थुतिदिनुपर्ने’ भन्नु कहाँको वाक स्वतन्त्रता?

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १५:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षक (आईजीपी) को जिब्रो थुतिदिनुपर्ने भनेर दिएको अभिव्यक्ति लोकतन्त्रको सिद्धान्त विपरित भएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले लोकतन्त्रको आधारभुत सिद्धान्तमध्ये एक वाक स्वतन्त्रता भएको बताए।

प्रहरी प्रमुखले आफ्नो सांगठनिक चुनौतिको सम्बन्धमा बोल्दा सरकारका प्रवक्ताले जिब्रो थुतिदिनुपर्ने भनेको भन्दै वाक स्वतन्त्रता र लोकतन्त्र यही हो भन्दै प्रश्न गरे। 

भिडिओ

उनले आफ्ना मन्त्रिपरिषद्का सदस्यहरूलाई सभ्यता सिकाउन सम्बन्धित दलका नेतालाई आग्रह गरे।

‘लोकतन्त्रको पाँचवटा आधारभुत सिद्धान्तमा पहिलो वाक स्वतन्त्रता हो। एउटा प्रहरी संगठनको प्रमुखले केही बोल्नुभयो। आफ्नो सांगठनिक केही चुनौतीहरू अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता र मन्त्रीले त्यसलाई जिब्रो थुतिदिन्छु भन्छ भन्ने कहाँको वाक स्वतन्त्रता र कहाँको लोकतन्त्र? हामीलाई त्यही दलसँग सम्बन्धित केही पाको अग्रजहरूले सभ्यता सिकाउनु हुन्छ भने आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई पहिला सिकाउनुस् त्यो कुरा,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad