ad ad

राजनीति


राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने उपाध्यक्ष अधिकारीको घोषणा

राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने उपाध्यक्ष अधिकारीको घोषणा

नेपालखबर
भदौ १७, २०८१ सोमबार २०:१९, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिव अधिकारीले राष्ट्रिय योजना आयोगको पुनर्संरचना गर्ने बताएका छन्।

सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति बैठकमा बोल्दै उपाध्यक्ष अधिकारीले यस्तो बताएका हुन्।

उनले राष्ट्रिय योजना आयोगको कामलाई थप प्रभावकारी बनाउनको लागि पुनर्संरचना गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले अहिलेसम्म आयोग गठन आदेशमार्फत सञ्चालनमा आइरहेको भन्दै कानूनी रुपमा सञ्चालन हुँदा शक्तिशाली हुने अपेक्षा रहेको बताए।

उनले भने,‘राष्ट्रिय योजनाको पुनर्संरचना गर्नुपर्छ भन्ने सोच छ। आयोग अहिले गठन आदेशबाट मात्रै भइरहेको छ। गठन आदेश भन्दा कानूनी रुपमा हुँदा पावरफुल बन्छ। यो छलफल गर्नुपर्ने विषय हो। तर योजना आयोग पावरफुल हुन्छ भन्ने लाग्छ।’

उपाध्यक्ष अधिकारीले आयोग गठन आदेशको भरमा चल्दा प्रभावकारी रुपमा काम नदेखिएको आसय व्यक्त गरे।

मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकसित मुलुकको सूचीबाट विकासशील मुलुकमा स्तर उन्नति हुनुपर्ने अवस्था रहेको उनको भनाई थियो।

उपाध्यक्ष अधिकारीले २०२६ सम्म विकसित मुलुकमा स्तरोउन्नति हुन प्रतिव्यक्ति आय वृद्धिको लागि मेहनतका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले आगामी २०२६ नोभेम्बरमा स्तरोउन्नति हुनैपर्ने भएकाले सरकार फाइदा/बेफाइदा भन्दा पनि अवसरहरु सिर्जना गर्ने योजनाका साथ अघि बढेको बताए।
 
उनले भने, ‘अहिले मुलुकको प्रतिव्यक्ति आम्दानी नपुग्दा नपुग्दै पनि अति कम विकशित मुलुकको सूचीबाट विकासशील मुलुकमा स्तरोन्नति हुनुपर्ने भएको छ। २१ मा हुने भन्दा केही समय माग गरौं। आगामी २०२६ नोबेम्बरमा स्तरोन्नति हुन्छौं। तर अन्य इन्डिकेटर पुगेको हुनाले जानुपर्ने भयो। स्तरोन्नति भएर फाइदा बेफाइदा भन्दा पनि भएर अवसरहरु सिर्जना गर्ने योजनाका साथ हुन लागिको हो।’

उनले १६ औं पञ्च वर्षीयले आगामी पाँच वर्षमा ७.३ सम्म आर्थिक वृद्धि हुने अनुमान गरेको बताए।

अहिले ३.५ आर्थिक वृद्धि भएको भएपनि चालु आर्थिक वर्षमा ६ प्रतिशत, त्यसपछि ६.६ प्रतिशत हुँदै २०८४/०८५ मा निर्वाचनको वर्ष हुने ७.३ प्रतिशत पुग्ने अनुमान रहेको स्पष्ट पारे।

उपाध्यक्ष अधिकारीले आगामी पाँच वर्षमा १०० खर्बको अर्थतन्त्र हुने अनुमान गरेको पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .