ad ad

राजनीति


चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव केन्द्रीय समितिबाट पारित

चुनावमा गठबन्धन नगर्ने गगन थापाको प्रस्ताव केन्द्रीय समितिबाट पारित

नेपालखबर
भदौ १६, २०८१ आइतबार २०:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले महासमिति बैठकमा राखेको चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पारित भएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने निर्णय गरेको हो। 

‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सकिनेतर्फ नै निर्णय केन्द्रीत भएको छ,’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने। 

साथै, पार्टीको निर्णयमा पनि नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने पार्टी निर्णयमा बताइएको छ। 

‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, शुक्रबारको पार्टी बैठकको निर्णयमा भनिएको छ। 

‘गठबन्धन सन्दर्भमा त्यसबेलामा जुन प्रस्ताव थियो, त्यस सम्बन्धमा अहिलेको जुन परिवेश छ ती सम्पूर्ण कुरालाई मध्यनजर राखेर अहिले पार्टीलाई नै बलियो र एकीकृत बनाउने निर्णय भएको छ,’ प्रवक्ता महतले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .