ad ad

राजनीति


ईपीजीको विषय राजदूत तहभन्दा माथि गइसक्यो, अड्केर नबसौँ : प्रस्तावित राजदूत शर्मा

ईपीजीको विषय राजदूत तहभन्दा माथि गइसक्यो, अड्केर नबसौँ : प्रस्तावित राजदूत शर्मा

नेपालखबर
भदौ १६, २०८१ आइतबार १९:८, काठमाडौँ

भारतका लागि प्रस्तावित राजदूत डा. शंकर शर्माले प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) र सीमाको राजदूत तहमा छलफल गर्ने विषय नभएको बताएका छन्।

आइतबार संसदीय सुनुवाइका क्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भारतका लागि पूर्वराजदूत समेत रहेका उनले ईपीजी र सीमाको विषय आफूहरूको लेभलभन्दा माथि गइसकेको टिप्पणी गरेका हुन्। 

८ वटा भन्दा उच्चस्तरीय भेटघाट भइसकेकाले ती दुवै विषय राजदुतको लेवलभन्दा धेरै माथि गइसकेको प्रस्तावित राजदूत शर्माको स्पष्टीकरण थियो।

नेपालले सो ईपीजीको विषयमा अड्केर बस्न नहुने धारणा समेत उनले राखेका छन्। 

‘चाहे ईपीजीको कुरा होस्, चाहे बाउण्ड्रको कुरा होस्। किनभने ईपीजी र बाउण्ड्री भन्नेकुरा मेरो लेभल भन्दा धेरै माथि गइसक्यो। मैले अघि नै भनेँ–८ वटा हाई लेभलको भिजिट भइसक्यो। तर त्यो हुँदाहुँदै पनि ईपीजी भित्रका हामी के गर्नसक्छौँ त? त्यो कुराहरू हामी गरौँ न,’ उनले भने।

ईपीजी भारतले नबुझेको कुरालाई नेपालले लिईरहे आर्थिक सहकार्यका अरू कामहरू अघि नबढने आफूलाई लागेको पनि प्रस्तावित राजदुत शर्माको बुझाई थियो।

‘त्यसैमा मात्रै किन अडेकेर बसौँ? त्यहाँ अड्केर बस्ने हो भने हामी अरु इकोनोमिक कोअपरेसनका कामहरू पनि गर्न सक्दैनौँ होला भनेर मैले त्यसलाई पनि पुस गर्दै जाने हो। तर त्यहाँ भएका सीमाका डिफिकल्टिजहरू। यी कुराहरूलाई पनि एक एक गरेर गरौ भन्ने मेरो चाँही उद्देश्य त्यही नै हो,’ उनले भने।

प्रस्तावित राजदूत शर्माले आफूले यस अघि भारतको राजदूुतको रुपमा रहँदा विद्युत खरिद सम्झौताका लागि बंगलादेशसहितको त्रिदेशीय विद्युत निर्यात सम्झौतामा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको दाबी समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .