ad ad

राजनीति


तातोपानी भन्सार सञ्चालनका लागि चीनसँग कुरा गर्छु : प्रस्तावित राजदूत ओली

तातोपानी भन्सार सञ्चालनका लागि चीनसँग कुरा गर्छु : प्रस्तावित राजदूत ओली

नेपालखबर
भदौ १६, २०८१ आइतबार १५:५६, काठमाडौँ

चीनका लागि प्रस्तावित राजदूत प्रा.डा कृष्णप्रसाद ओलीले तातोपानी भन्सार नियमित  रुपमा सञ्चालिन गर्ने विषयमा तत्काल चिनियाँ सरकारसँग कुरा गर्ने बताएका छन्। 

आइतबार संसदीय सुनुवाइको क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्तो बताएका हुन्। 

‘अब भन्सार संचालन गर्ने अर्को महत्वपूर्ण कुरा छ। तातोपानी भन्सार नियमित रुपमा सञ्चालन गर्ने विषयमा चिनियाँ सरकारसँग तत्काल कुरा गर्नेछु,’ ओलीले भने। 

साथै, उनले  नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदूतको रुपमा आफ्नो भूमिका हुने उनको कार्ययोजना थियो। 

चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। 

चीनमा २१ प्रतिशत बुद्धिष्टहरु रहेको उल्लेख गर्दै प्रस्तावित राजदूत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रुपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .