राजनीति


गगन र विश्वसँग देउवाको दुई घण्टा लामो छलफल, प्रतिवेदनमाथि जुटेन सहमति

गगन र विश्वसँग देउवाको दुई घण्टा लामो छलफल, प्रतिवेदनमाथि जुटेन सहमति

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १३:१०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडान कायम राखेका छन्। 

२०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा महामन्त्री थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए।

प्रतिवेदनमा चुनावअघि कुनै दलसँग पनि गठबन्धन नगर्ने र नेताहरूको अवकाश हुने व्यवस्था गर्नुपर्ने बताएका थिए।

उक्त प्रतिवेदनमाथि गत साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा थापा र शर्माको प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। 

केन्द्रीय कार्यसमिति बैठक आगामी भदौ १६ गते बस्दैछ। त्यसअघि देउवाले महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन्। 

गत मंगलबार पनि महामन्त्रीद्वयसहित पार्टीका दुई उपसभापतिसँग सभापति देउवाले वार्ता गरेका थिए। यद्यपि, उनीहरू आ–आफ्नो अडान छाड्न तयार भएका थिएनन्। 

त्यसपछि आज (बिहीबार) पनि सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका थिए। देउवा निवास बूढानीलकण्ठमा भएको छलफल आज पनि निष्कर्षविहीन टुंगिएको छ। 

आजको छलफलले पनि प्रतिवेदनको सन्दर्भमा कुनै निष्कर्ष निकालेको स्रोतले बताएको छ। 

‘महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्छ भन्ने सभापति कुरा छ,’ स्रोतले भन्यो, ‘सरसल्लाह भइनै रहेको छ।’

सभापति देउवाले महामन्त्रीद्वयसँग बिहीबार बिहान २ घण्टा लामो छलफल गरेका थिए। बिहान ९ बजेदेखि ११ बजेसम्म भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको नेताहरूले बताएका छन्। 

सभापति देउवा दुवै महामन्त्रीले गरेका यी प्रस्ताव राख्न नहुने पक्षमा छन्। त्यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ छ।

तर, त्यसमा राखिएका कुरा संशोधन वा परिमार्जन गर्न थापा र शर्मा तयार छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad