ad ad

राजनीति


प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबीच सिंहदरबारमा भेटवार्ता

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:६, काठमाडौँ

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुगेका हमादले मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। 

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनेसहित अन्य विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

विदेशमन्त्री अल्बुसैदीले मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आजै साँझै स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .