ad ad

राजनीति


प्रदेश सरकारले अहिलेको समीकरणको धरातल उदांगो बनाइदियो : सापकोटा

प्रदेश सरकारले अहिलेको समीकरणको धरातल उदांगो बनाइदियो : सापकोटा

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १३:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको समीकरणको धरातल प्रदेश सरकारहरूले उदांगो बनाइदिएको बताएका छन्। 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद सापकोटाले प्रदेश सरकारमा एउटा मन्त्रालय बढाउँदा १० करोड बराबरको लागत बढ्ने तथ्याकं प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

‘संघमा दुई ठूला दल मिलेर सरकार बनेको झण्डै दुई महिना पुग्न लाग्यो। तर, प्रदेश सरकारको अवस्था हेर्दा समीकरणको धरातल उदांगो बनेको छ। कोसीमा सरकारले पूर्णता पाउन सकेको छैन। गण्डकीमा ७ मन्त्रालय छन्, १० वटा मन्त्रीको छलफल चलिरहेको छ,’ सांसद सापकोटाले भने, ‘कर्णालीमा अर्को एकजना मन्त्रीको थप गरियो। बागमतीमा मन्त्रालयको टुंगो नै नलागि विना विभागीय मन्त्रीहरूको शपथ छ। लुम्बिनी र सुदूरपश्चिममा समेत मन्त्रीहरू बढाउने र मन्त्रालय थप्ने तयारी छ। मधेसको कुरै गर्नु परेन, राज्यमन्त्री र मन्त्रीहरूको लर्को। सम्बन्धित मुख्यमन्त्रीको दलको स्पष्टीकरण। यी सबै कुरा हेर्दा कर्णाली प्रदेशमा गरिएको एउटा सर्वेक्षणले के बताउँछ भने एउटा मन्त्रालय बढाउँदा वार्षिक १० करोड बराबरको लागत बढ्न आउँछ।’

उनले आन्तरिक आम्दानीले साधरण खर्च धान्न नसकेको देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .