ad ad

राजनीति


देउवाले दुवै उपसभापति र दुवै महामन्त्रीलाई बोलाए बूढानीलकण्ठ

देउवाले दुवै उपसभापति र दुवै महामन्त्रीलाई बोलाए बूढानीलकण्ठ

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १०:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (मंगलबार)  पार्टीका दुवै उपसभापति र दुवै महामन्त्रीलाई आफ्नो निवास (बूढानीलकण्ठ) बोलाएका छन्।

अहिले बिहान ११ बजे सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्न लागेका हुन्। 

साउनदेखि जारी कांग्रेसको केन्द्रीय समितिको बैठकमा खड्का, थापा र शर्माले पेस गरेको राजनीतिक प्रतिवेदनका विषयमा देउवाले आज आफ्नै निवासमा उल्लिखित चार पदाधिकारीसँग छलफल गर्न लागेका हुन्। 

यस क्रममा देउवाले तीनै जनाको प्रतिवेदनमा समेटिएका विषयबारे छलफल गर्ने बताइएको छ। 

केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा नेताहरूले धारणा राखिरहेका छन्।

शर्माको प्रतिवेदनमा राखिएका नेतहरूको एक्जिट सम्बन्धी प्रस्तावमा केन्द्रीय नेताहरू विभाजित छन्।

त्यही भएर देउवाले प्रतिवेदन परिमार्जन वा संशोधन गराउन छुट्टै छलफल गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .