ad ad

राजनीति


भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषय हो : कमल थापा

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषय हो : कमल थापा

नेपालखबर
भदौ १०, २०८१ सोमबार १८:४७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन्।

सोमवार आफूद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताएका हुन्।

उनले दुई देशबीचको सम्बन्धलाई उचाईमा पुर्‍याउनका लागि भूराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताए। उनले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु पनि रहेको उल्लेख गर्दै तत्कालिक कारणहरु भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताए।

उनले भने – ‘हामीले पटक–पटक भोग्नुपरेका नाकाबन्दीका तत्कालिक कारणहरु विभिन्न हुन्छन्। तर मेरो निष्कर्ष छ कि तत्कालिक कारणहरुको बाबजुत पटक–पटक नेपालले नाकाबन्दी भोग्नुपर्ने मुख्य कारण भनेको भूराजनीति र सुरक्षा र सामरिक विषयमा नेपाल र भारतका बिचमा रहेको अवधारणागत भिन्नता नै हो।’

अहिले कांग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताए।

थापाले थपे, ‘अहिले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको छ । संख्यात्मक दृष्टिकोणबाट यो सरकार बलियो छ। यसले राजनीतिक स्थायित्व दिने सम्भावना छ। यो उपयुक्त अवसर हो।’

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताए। उनले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .