राजनीति


प्रधानमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतको बिदाइ भेट

प्रधानमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतको बिदाइ भेट

नेपालखबर
भदौ १०, २०८१ सोमबार ९:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बिदाइ भेट गरेकी छन्।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले आफ्नो कार्यकालमा दुई देशका बीचमा भएका महत्त्वपूर्ण कामबारे  जानकारी गराएकी छन्।

राजदूत भोल्क कार्यकाल पूरा गरी आजै स्वदेश फर्किने कार्यक्रम छ। 

प्रधानमन्त्री ओलीले राजदूत भोल्कलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकामा आभार व्यक्त गरे। सो अवसरमा दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको पनि सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad