ad ad

राजनीति


खेलमा देखाइने अनुशासन राजनीतिमा पनि चाहिन्छ : विश्वप्रकाश

खेलमा देखाइने अनुशासन राजनीतिमा पनि चाहिन्छ : विश्वप्रकाश

नेपालखबर
भदौ ९, २०८१ आइतबार १९:२, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खेलमा देखाइने अनुशासन राजनीतिमा पनि लागू गर्नुपर्ने बताएका छन्।

आईतवार स्व. गायक जेबि टुहुरेको तेस्रो स्मृति दिवसको अवसरमा आयोजित फुटसलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा रहेपनि खेलकुद, गीत, संगीतको समयमा एकै ठाउँमा हुने भन्दै राजनीतिमा पनि विशेष अवस्थामा एक हुन सक्नुपर्ने बताए।

उनले खेलको नियमलाई राजनीतिमा पनि उतार्नसके सफल बन्ने पनि बताए।

‘हामी विभिन्न राजनीतिक पार्टीमा आवद्ध व्यक्तिहरु आपसी द्वन्द्व, प्रतिष्पर्धा, प्रश्नमा, आपसी विमतिमा पनि हुन्छौँ। तर जब खेल र कलाको कुरा आउँछ, जब संगीतको कुरा आउँछ, हामी एउटै छातामुनि हुन्छौँ। खेलको नियमलाई राजनीतिमा पनि उतार्न सक्नुपर्छ,’ उनले भने।

राजनीतिक दलका नेता र कलाकारहरुले स्व. जेबि टुहुरेलाई सो अवसरमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

जेबि टुहुरेको स्मृति दिवसको अवसरमा कलाकार र राजनीतिक दलका नेताहरूबीच फुटसल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .