ad ad

राजनीति


डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : निर्णय सुनाउन खोज्दा लेखा समितिमा चर्काचर्की

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : निर्णय सुनाउन खोज्दा लेखा समितिमा चर्काचर्की

नेपालखबर
भदौ ९, २०८१ आइतबार १७:२१, काठमाडौँ

डेडिकेटड र ट्रंकलाइन महसुलबारे छलफल चलिरहँदा सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ। आइतबार बसेको लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले निर्णय सुनाउन थालेपछि विवाद भएको हो। 

सभापति पोखरेलले समितिको बैठकका ५ वटा निर्णय सुनाउन प्रस्ताव राखेका थिए। तर, उक्त निर्णयमा माओवादी केन्द्र र रास्वपाका सांसदहरूले सहमति नभएको बताएका छन्। 

लगत्तै, सभापति पोखरेल, माओवादी र रास्वपाका सांसदबीच चर्काचर्की परेको छ। सभापति पोखरेलले तत्कालिन समयमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्देशन दिने निर्णय हुने बताएका थिए।

भिडिओ

 

उक्त समितिले २१ अर्ब ८८ करोड उठाउने भनेको थियो। महालेखा परीक्षकको कार्यालयले पनि उक्त रकम असुल गर्न भनेको थियो। 

समितिले यो सहित ६ बुँदामा निर्णय गर्ने तयारी गरिरहँदा विवाद भएको थियो।

माओवादी सांसदहरूले आक्रामक हुँदै सभापति पोखरेललाई प्रश्न गरेका छन्, ‘तपाईं निर्णय सुनाएर हिँड्ने प्रधानमन्त्री हो? यो राणाशासन हो?’

माओवादी सांसद लेखनाथ दाहालले भनेका थिए, ‘बक्यौता उठाउने कि एमडीलाई कारबाही गर्न खोजेको?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .