ad ad

राजनीति


प्रतिपक्षलाई बास्कोटाले भने– लेखाको सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख फेरौँ

प्रतिपक्षलाई बास्कोटाले भने– लेखाको सभापति फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख फेरौँ

नेपालखबर
भदौ ९, २०८१ आइतबार १६:५९, काठमाडौँ

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति फेर्ने नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागको प्रतिवाद गरेका छन्। 

लेखा समितिको आइतबार बसेको बैठकमा बोल्ने क्रममा सांसद बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति फेर्ने हुँदा राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभा उपसभामुख पनि फेर्नुपर्ने तर्क गरे। 

‘हिजो हामीले समितिको सभापतिबारे प्रश्न उठाएका थियौँ। हिजो हाम्रो राजनीतिक विमति थियो। हामीले अर्कै प्रक्रियाबाट आएपछि फरक चिज बन्न पुगेको थियो,’ सांसद बास्कोटाले भने, ‘मेरो अर्को सामान्य कुरा छ। राष्ट्रिय सभाको अध्यक्ष फेरौँ, प्रतिनिधि सभाको उपसभामुख फेरौँ। यहाँ पनि फेरौँ।’

साथै, उनले राजनीतिकरण गर्दै लेखा समितिको सभापतिको विषयलाई मसला नबनाउन पनि आग्रह गरे। 

‘तर, फेर्ने कुरा पोलिटिकल्ली गरेर आउनुस्, यहाँ मसला बनाएर काम छैन। सबै समितिको निर्वाचन गरौँ। तयार हो? यहाँ घण्टा घण्टामा राजनीतिक समीकरण फेरिन्छ। यही कुरालाई क्रान्तिकारिकण, त्यही कुराको दानवीकरण र देवत्वकरण गरिरहेका पात्र र प्रवृत्ति हौँ,’ उनले भने, ‘जनतालाई त्यो मन पर्दैन, हामी पनि जनतासँगै बसेर आएका हौँ। अख्तियार र सरकार दुवैलाई विद्युत्को बिल उठाउने मात्रै होइन अन्य पनि गम्भीर कुरा छन्। त्यसको जवाफ चाहिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .