ad ad

राजनीति


उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

उपभोक्ताको अधिकार सुनिश्चित गर्न दलीय राजनीतिकरण बन्द गरौँ : सभापति खान

नेपालखबर
भदौ ९, २०८१ आइतबार १२:४४, काठमाडौँ

जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरुको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय राजनीतिको व्यवस्थापन गर्नसके उपभोक्ताहरु नठगिने बताए।

कानुनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्नसके उपभोक्ताहरू नठगिने बताउँदै उनले उपभोक्ताको अधिकार र आपूर्ति सहज बनाउन दलीय राजनीतिकरण बन्द गर्नुपर्ने उल्लेख गरे। 

‘खासगरी कस्तो प्रकारको राजनीतिकरण भइरहेको छ, यो उपभोक्ताहरूको हक हीतमा भने विभिन्न उद्योगहरू, विभिन्न कम्पनीहरूका सञ्चालकहरू हामी तपाईंसँगै जोडिएका छौँ। सबैभन्दा बढी नेपाली कांग्रेस र नेकपा एमालेसँगै जोडिएका छन्। अहिले केही अनुगमन गरी गेटमा पुग्दा पनि यहाँ नेताज्युहरूको फोन आउँछ। उपभोक्ताको हक हितको रक्षा वास्तवमा गर्ने हो भने उद्योगी, व्यवसायीहरुको राजनीतिकरणमा लाग्नु हुँदैन,’ उनले भने।

सरकारमा दुई वटा ठूला पार्टी रहेकाले क्षमा याचना गर्ने मौका जनताले नदिने पनि उनको भनाइ थियो। उपभोक्ताको हक हितको रक्षा गर्ने हो भने उद्योगी, व्यवसायीहरू राजनीतिकरणमा लाग्नु नहुने बताए। 

‘उपभोक्ताको अधिकार र आपूर्ति सहज हुनुपर्छ। यसको निम्ति हामीले दलीय राजनीतिकरण गर्नु हुँदैन। अहिले सबैभन्दा बढी सांसद मान्यज्युहरू बसेको पार्टी नेपाली कंग्रेस हो। त्यसपछिको नेकपा एमाले हो। दुवै पार्टीहरू सरकारमा छन्। दुवै पार्टीको सम्मिलित सरकार छ। यि दुवै पार्टी सरकारमा भइसकेपछि क्षमा याचना गर्ने मौका जनतालेले दिने छैनन्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .