ad ad

राजनीति


१८ पदाधिकारी चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

१८ पदाधिकारी चयन गर्न एकीकृत समाजवादीको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८१ आइतबार ११:३०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (आइतबार) सुरु हुँदै छ।  पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आइतबार बस्ने भएको छ। 

केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी चयन गर्न बैठक आह्वान गरिएको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए। 

नेताहरूको योगदान, कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिनेछ।  नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने केन्द्रीय कमिटी बैठक भदौ ११ गतेसम्म जारी रहनेछ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय रहेकामा दुई सय ५१ केन्द्रीय सदस्यको शपथ बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ। केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ।

केन्द्रीय संरचनाको निर्माण र विविध विषयमा छलफल गर्न पार्टीले केन्द्रीय कमिटी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको नेता पाण्डेयले बताए। 

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ। बैठकले क्लस्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल गर्ने छ। 

पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ। केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन्। राससको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .