राजनीति


प्रधानमन्त्री ओलीको आग्रह– सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्

प्रधानमन्त्री ओलीको आग्रह– सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्

नेपालखबर
भदौ ८, २०८१ शनिबार १४:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउँदै वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गरे।

साथै, उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए। आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ। नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ। म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा फरक पर्दैन। भर पर्नुपर्छ यो सरकारसँग। किनभने यो केही काम गर्नका लागि बनेको छ। म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन। तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad