ad ad

राजनीति


पेरिसडाँडामा माओवादीको उपत्यका विशेष र सम्पर्क प्रदेशको बैठक

पेरिसडाँडामा माओवादीको उपत्यका विशेष र सम्पर्क प्रदेशको बैठक

नेपालखबर
भदौ ७, २०८१ शुक्रबार १२:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपत्यका विषेश प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक सुरु भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको बताइएको छ। यसअघि बुधबार र शुक्रबार बागमती प्रदेश परामर्श समितिको बैठक बसेको थियो। 

सो बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो समसामयिक अवस्था र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका थिए। 

साथै, उपमहासचिव जनार्दन शर्माले राखेको फरक मतबारे पनि बैठकमा चर्चा भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .